बझाङमा बाढीपहिरोको क्षतिबारे जानकारी लिँदै प्रधानमन्त्री देउवा

अत्तरिया, ४ कार्तिक– प्रधानमन्त्री शेरबहादुर देउवा बझाङको चैनपुर पुगेका छन्। अविरल वर्षापछि आएको बाढी र पहिरोका पीडितलाई भेट्न उनी सुदूरपश्चिम गएका हुन्। चैनपुरमा पुगेर उनले बाढी र पहिरोको क्षतिका बारेमा स्थानीय प्रशासनसँग जानकारी लिएका छन्।

आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत हुँदै उनी बझाङ पुगेका हुन्। प्रधानमन्त्रीको टोली बझाङको थालारा, बैतडीको ढुंगाड र डडेल्धुरा सदरमुकाम पनि पुग्नेछ।

Navadurga sun

प्रम देउवाले जोगबुढा, महेन्द्रनगर, दोधारा चाँदनी लगायतका स्थानमा पुगेर बाढीपहिरोको क्षति अवलोकन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीको टोली शुक्रबार काठमाडौं फर्किनेछ। टोलीमा पर्यटनमन्त्री प्रेम आले पनि छन्। त्यसैगरी टोलीमा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीहरु एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...