

अत्तरिया- कैलालीको अत्तरिया स्थित इलाका प्रहरी कार्यालय मालाखेती मा नयाँ प्रमुखका रूपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरा सिंह महरा हाजिर भएका छन् ।



महरा यसअघि सुदूरपश्चिम गम्भीर अपराध अनुसन्धान शाखा धनगढी मा कार्यरत थिए । पूर्व प्रमुख रण बहादुर चन्द को डोटी सरुवा भएपछि उनको स्थानमा महरालाई पठाइएको हो ।


नेपाल प्रहरीले गत जेठ १ गते संगठनभित्र व्यापक सरुवा गर्दै १४९ जना डीएसपी र ४६ जना एसपीको एकै दिन सरुवा गरेको थियो । सोही निर्णयअनुसार महरा मालाखेती पुगेका हुन् ।
स्थानीय स्तरमा शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा प्रहरी सेवाको प्रभावकारिता बढाउने अपेक्षासहित महराले जिम्मेवारी सम्हालेका छन् ।

