गोदावरी नगरपालिकामा गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन सुरु 

अत्तरिया- कैलाली गोदावरी नगरपालिका क्षेत्रभित्र रहेका गरिब घरपरिवारको पहिचान गर्नका लागि ज्येष्ठ ६ गतेदेखि तथ्याङ्क सङ्कलन कार्य सुरु भएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार काठमाडौंबाट हस्तान्तरण भई आएको कार्यक्रम अनुसार नगरपालिकाले यो प्रक्रिया अगाडि बढाएको हो ।

Navadurga sun

नगरपालिका कार्यालयका अनुसार नगरका सबै वडाहरूमा तथ्याङ्क सङ्कलनका लागि गणकहरू खटाइने उक्त सूचनामा उल्लेख गरिएको छ ।

गोदावरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयाग राज जोशीले एक सूचना जारी गर्दै सम्पूर्ण नगरवासीहरूलाई यस अभियानमा सहयोग गर्न हार्दिक अपील गर्नुभएको छ । सूचनामा भनिएको छ, “आफ्नो परिवारका सदस्यहरूको व्यक्तिगत तथा आर्थिक विवरण सहित प्रश्नावलीमा उल्लेख भएका अन्य यथार्थ विवरण उपलब्ध गराई तथ्याङ्क सङ्कलन कार्यमा सहयोग गरिदिनु हुन सम्पूर्ण नगरवासी आमा, बुबा, युवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अपील गर्दछौँ ।”

नगरपालिकाले संकलन गर्ने यो तथ्याङ्कको आधारमा आगामी दिनमा लक्षित वर्गका लागि लक्षित कार्यक्रमहरू तथा राहतका योजनाहरू तय गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...