अत्तरिया ट्राफिक प्रमुख एसपी शाहीको काठमाण्डौ सरुवा, कार्की अत्तरिया आउने

अत्तरिया- नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रेम बहादुर शाही को सरुवा भएको छ ।

Dadeldhura hospital

नेपाल प्रहरी प्रधान कार्यालयले जेठ १ गते शुक्रबार ४६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा तथा काज गर्ने क्रममा शाहीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखा महाराजगञ्ज, काठमाण्डौ सरुवा गरेको हो । उनी काजमा भने नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्साल, काठमाण्डौमा रहने जनाइएको छ ।

Navadurga sun
Godawari sandesh

शाहीको स्थानमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखा महाराजगञ्ज, काठमाण्डौबाट नवराव कार्की अत्तरियामा आउने भएका छन् ।

Loading...