

अत्तरिया- कञ्चनपुर कृष्णपुर नगरपालिकाले नगरभित्रका युवाहरूलाई लक्षित गरी “AI तथा Digital Marketing सम्बन्धी ६० घण्टे तालिम” सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार युवाहरूको सीप विकास र स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले यस्तो किसिमकाे कार्यक्रम ल्याएको हो ।


नगरपालिकाले एक सूचना जारी गर्दै तालिममा सहभागी हुन इच्छुक र योग्य युवाहरूलाई आवेदन दिन आह्वान गरेको छ । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र तोकिएको गुगल फारम मार्फत आवेदन दर्ता गराउन सकिने कार्यालयले जनाएको छ ।


आवश्यक कागजात तथा पूर्वाधारहरू:
तालिममा आवेदन दिनका लागि निम्नलिखित कागजात र सामग्रीहरू अनिवार्य गरिएको छ:
१. नागरिकताको प्रतिलिपि

२. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
३. आवेदकको आफ्नै ल्यापटप वा स्मार्ट फोन अनिवार्य रूपमा हुनुपर्ने।
कसरी आवेदन दिने ?
इच्छुक युवाहरूले सूचनामा उपलब्ध गराइएको QR कोड स्क्यान गरेर वा तल दिएका लिंकहरू click मार्फत आफ्नो अनलाइन आवेदन दर्ता गराउन सक्नेछन्:

-
लिंक २:
https://bit.ly/3RzG3U9

