गोदावरी नगरपालिका मा महिला आर्थिक उन्नतिका लागि ‘संवाद’ परियोजना शुभारम्भ

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका मा महिलाको आर्थिक सशक्तीकरण तथा उद्यम विकासलाई लक्षित गर्दै ‘संवादमार्फत महिलाको आर्थिक उन्नतिका निम्ति अनुकूल वातावरण सिर्जना’ परियोजना शुभारम्भ गरिएको छ।

मंगलबार गोदावरी नगरपालिकाप्रो–पब्लिक को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया को प्रमुख आतिथ्यता रहेको थियो।

Navadurga sun

कार्यक्रममा उपप्रमुख रोकायाले महिलालाई आत्मनिर्भर बनाउँदै बजारसँग जोड्न तथा उनीहरूको हक–हित र आर्थिक उन्नतिका लागि संवाद परियोजना प्रभावकारी हुने बताइन्। उनले प्रो–पब्लिक ले महिलालाई उद्यमशील बनाउन र उत्पादनको बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रमको सहजीकरण कमला राना ले गरेकी थिइन्। उनका अनुसार परियोजनाले महिलाको आर्थिक सशक्तीकरण, नेतृत्व विकास तथा बजार पहुँच विस्तारमा सहयोग पुर्‍याउनेछ। साथै पालिका, बहुसरोकारवाला निकाय र बजारलाई सात चरणमार्फत जोडेर परियोजना सञ्चालन गरिने जानकारी दिइयो।

परियोजनाको मुख्य उद्देश्य महिलालाई उद्यमसँग जोड्दै उत्पादनलाई बजारसम्म पुर्‍याउन सहयोग गर्नु रहेको बताइएको छ।

कार्यक्रममा उद्यमी महिला, जनप्रतिनिधि, व्यवसायी, कार्यपालिका सदस्य, टोल विकास समितिका प्रतिनिधि तथा मुक्त कमैया बस्तीका बासिन्दाको सहभागिता रहेको थियो। साथै कार्यक्रममा GIZ, GRAPE-2 तथा नेपाल सरकार को सहकार्य रहेको आयोजकले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...