स्काउटमार्फत शान्ति र सुरक्षा प्रवर्द्धन कार्यक्रम सुरु

धनगढी- नेपाल स्काउटले सुदूरपश्चिम प्रदेशमा ‘फिनल्याण्ड–नेपाल पार्टनरशिप प्रोजेक्ट अन्तर्गत स्काउट्स पिस एन्ड सेक्युरिटी’ कार्यक्रम सुरु गरेको छ।

मंगलबार धनगढीमा आयोजित प्रादेशिक शुभारम्भ कार्यक्रममा युवामाझ शान्ति, सुरक्षा, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गरिएको थियो।

Navadurga sun

कार्यक्रममा नेपाल स्काउट सुदूरपश्चिम प्रदेश आयुक्त नरेन्द्र थापा ले स्काउट अभियानमार्फत समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने तथा युवालाई अनुशासित र जिम्मेवार नागरिकका रूपमा विकास गर्ने उद्देश्य रहेको बताए।

उनका अनुसार ‘फिनल्याण्ड–नेपाल पार्टनरशिप प्रोजेक्ट’ अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रमले युवामा नेतृत्व, सहकार्य, सामाजिक चेतना तथा सुरक्षासम्बन्धी व्यवहारिक ज्ञान अभिवृद्धि गर्नेछ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक ले युवा सशक्तिकरणमार्फत सबैलाई अगाडि बढाउन सके युवा मैत्री विकासमा सहज हुने बताए।

त्यसैगरी सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाँ ले नेपाल स्काउटले गरेको काम गर्व गर्न लायक रहेको उल्लेख गर्दै सुदूरपश्चिमका सकारात्मक पक्ष उजागर गरेकोमा धन्यवाद दिए। उनले विकास र परिवर्तन विस्तारै हुँदै गएको पनि बताए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाँ, प्रदेश सभा सदस्य धर्मराज पाठक, प्रदेश प्रहरी प्रमुख ओम बहादुर राना, सञ्चारकर्मी तथा स्काउटका विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...