बझाङको थलाराको पहिरोमा वेपत्ता ३ जनाको शव फेला, आज पनि खोजि कार्य जारी

अत्तरिया, ४ कार्तिक- पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका तीन जनाको शव भेटिएको छ। थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार बेलुकासम्म तीन जनाको शव भेटिएको छ। दुई जना बालक र एक अधबैँसे पुरुषको शव भेटिएको भए पनि उनीहरु सनाखत हुन सकेको छैन।

Ganyapdhura gau

‘तीन जनाको क्षतविक्षत अवस्थामा शव भेटिएको छ’ उनले भने, ‘उनीहरुको सनाखत गर्ने काम भइरहेको छ।’ दुई बालकको घरभन्दा दुई सय मिटर तल र अर्काको बिजुली गाड खोला किनारमा शव भेटिएको हो। उनीहरुको शव अहिले स्थानीय मैनधार आधारभुत स्वास्थ्य केन्द्रमा राखिएको छ।

Navadurga sun
Dadhaldhura pur

आज पनि खोजि कार्य जारी रहेको छ । बेपत्ता अन्य २० जना सकुसल भेटिने सम्भावना न्यून रहेको उनी बताउँछन्।

‘८र९ सय मिटर भन्दा बढी क्षेत्रमा पहिरो खसेको छ। सबै पहिरोमा पुरिएको आशंका छ’ उनले भने। स्थानीय, नेपाली सेना र सशस्त्र प्रहरीले पहिरोमा पुरिएकाको उद्धार तथा खोजबिन गरिरहेका छन्। थलारा गाउँपालिका–४ डिक्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका थिए। बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ र नरबहादुर पार्कीको घरका ५ जना रहेका छन्।

‘पहिरोको डरले ज्यान जोगाउन नरबहादुरले आफ्नो परिवार गगनेको घरमा राखेका थिए। आफू सामान लिन घर गए’ वडाध्यक्ष विष्टले भने, ‘तर आउँदा त घर पहिरोले खाइसकेको थियो।’ पहिरोमा नरबहादुरका श्रीमती, आमा, दुई छोरी र एक छोरा बेपत्ता भएका छन्। पहिरोले नरबहादुर र गगन सार्कीको परिवार खोसेको छ।

गगने सार्की ३ छोरासहित रोजगारीका लागि भारतमा छन्। नरबहादुर र उनीसँग सामान लिन गएका गगनेको परिवारका २ जना सकुसल छन्’ वडाध्यक्ष विष्टले भने।

ADD Khali jpg
ADD Khali jpg
Loading...