

अत्तरिया- गोदावरी नगरपालिका पशु सेवा शाखाको आयोजनामा १ दिने निःशुल्क परजीवी नियन्त्रण तथा बन्ध्याकरण शिविर सञ्चालन हुने भएको छ । यस शिविरमार्फत कृषकहरूले आफ्ना पशु–बस्तुहरूको निःशुल्क चेकजाँच तथा उपचार सेवा लिन सक्नेछन् ।



नगरपालिकाका अनुसार शिविरमा परजीवी विरुद्धको औषधि वितरण तथा उपचार सेवा, भाले पशु बन्ध्याकरण सेवा र रेबिज रोग विरुद्धको खोप सेवा प्रदान गरिनेछ ।


उक्त कार्यक्रम २०८३ साल जेठ ७ गते बिहीबार बिहान ११:०० बजेदेखि साँझ ५:३० बजेसम्म गोदावरी नगरपालिका–४ अन्तर्गत तखरे, दामदरे र सिमलगैरा गाउँमा सञ्चालन हुने जनाइएको छ ।
नगरपालिकाले सम्बन्धित क्षेत्रका सबै कृषकहरूलाई आफ्ना पशुहरूको स्वास्थ्य परीक्षण र उपचार सेवामा सहभागी हुन आग्रह गरेको छ ।

