सुदूरपश्चिमका पूर्वमन्त्री चौधरी धरौटीमा रिहा

धनगढी- सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रामेश्वर चौधरी १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

बर्दियाका किसानलाई अनुदानमा पावर टिलर उपलब्ध गराइदिने भन्दै रकम उठाएको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको थियो। जिल्ला अदालत बर्दियाले चौधरीसँग १० लाख रुपैयाँ धरौटी माग गरेको थियो।

Navadurga sun

अदालतकी सूचना अधिकारी रोजिना आचार्यका अनुसार, ३० वैशाखमा अदालतमा उपस्थित भएका चौधरीले सोही दिन धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान गरिएका थिए। पछि उनले रकम बुझाएर तारेखमा रिहा भएका हुन्।

प्रहरीका अनुसार ‘सुरो नेपाल’ नामक संस्थामार्फत किसानलाई अनुदानमा पावर टिलर दिने भन्दै रकम संकलन गरिएको थियो। किसानहरूले संस्थाकी सञ्चालक सुशीला खड्काको खातामा ५७ लाख रुपैयाँ जम्मा गरेको तथा चौधरीलाई थप १७ लाख रुपैयाँ दिएको आरोप लगाएका छन्। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बर्दियामा उजुरी परेको थियो।

यद्यपि, रामेश्वर चौधरी ले भने आफूले किसानबाट रकम लिएको आरोप असत्य रहेको बताएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...