अधिकमास आजदेखि सुरु, असार १ गतेसम्म रहने

काठमाडौं- प्रत्येक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटमा पर्ने अधिकमास (मलमास/पुरुषोत्तम मास) आजदेखि सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यो आगामी असार १ गतेसम्म रहनेछ।

ज्योतिषीय गणनाअनुसार सौर वर्ष र चान्द्र वर्षबीचको समय अन्तर मिलाउन अधिकमास पर्ने गर्दछ। एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति नपरेको महिनालाई अधिकमास भनिने शास्त्रीय मान्यता रहेको ज्योतिषविद्हरूले बताएका छन्।

Navadurga sun

धर्मशास्त्रविद्हरूका अनुसार अधिकमासमा पूजा, पाठ, जप, ध्यान, दानजस्ता धार्मिक कार्य गर्न शुभ मानिन्छ। तर विवाह, व्रतबन्ध, गृहप्रवेश, घर निर्माण तथा अन्य माङ्गलिक कार्य गर्न निषेध गरिएको छ।

धार्मिक मान्यताअनुसार भगवान् श्रीकृष्णले यस महिनालाई आफ्नो नामसँग जोडेर “पुरुषोत्तम मास” नाम दिनुभएको विश्वास गरिन्छ। त्यसैले यो महिना विष्णु तथा श्रीकृष्णको आराधनाका लागि विशेष मानिन्छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...