नेपाल–भारत सीमा नाकाको भन्सार शुल्कमा सर्वोच्चको रोक

सर्वोच्च अदालत ले नेपाल–भारत सीमा नाकाबाट ल्याइने दैनिक उपभोग्य सामानमा उठाउँदै आएको भन्सार शुल्कमा रोक लगाएको छ।

न्यायाधीश हरिप्रसाद फुयाँलटेकप्रसाद ढुङ्गाना को संयुक्त इजलासले सय रुपैयाँभन्दा माथिका वस्तुमा भन्सार शुल्क उठाउने अर्थ मन्त्रालय को निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

Navadurga sun

भारतीय सीमा नाकाबाट रु. १०० भन्दा बढी मूल्यका दैनिक उपभोग्य सामान ल्याउँदा भन्सार शुल्क लगाउने व्यवस्था नेपाल–भारत व्यापार सन्धिको प्रावधानविपरीत रहेको दाबी गर्दै अधिवक्ता अमितेश पण्डित लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

अदालतले प्रारम्भिक सुनुवाइपछि उक्त निर्णयमा अन्तरिम रोक लगाएको हो। अदालतको आदेशसँगै हालका लागि सीमा नाकामा रु. १०० भन्दा बढीका दैनिक उपभोग्य सामानमा भन्सार शुल्क नलाग्ने भएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...