पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिक बदलीको अवस्था रहेको छ।

आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ । अन्य हिमाली, पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कोशी र मधेस प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ। साथै मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ।

आज राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली कायम रहनेछ भने बाँकी पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

रातिको समयमा कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ।

Loading...