कोल्टीमा भूमि प्रशासन कार्यालय खुले पनि सेवा अझै सुरु भएन

बाजुरा- बाजुराको कोल्टी मा स्थापना गरिएको भूमि प्रशासन कार्यालय खुलेको झन्डै एक महिना बितिसक्दा पनि सेवा सुरु हुन सकेको छैन।

स्थानीयलाई जग्गासम्बन्धी सेवा गाउँमै उपलब्ध गराउने उद्देश्यले २०८३ वैशाख १ गते कार्यालय स्थापना गरिएको थियो। यसबाट हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिकाबुढीनन्दा नगरपालिका का स्थानीय लाभान्वित हुने अपेक्षा गरिएको थियो।

Navadurga sun

तर कार्यालय खुले पनि आवश्यक सिस्टमको युजर पासवर्ड नआएकाले सेवा सञ्चालन हुन नसकेको कार्यालय प्रमुख देवराज नाथले बताएका छन्। ढड्डा लगायतका सामग्री ल्याइसकिएको भए पनि प्राविधिक प्रक्रिया पूरा नभएकाले काम रोकिएको हो।

यता इलाका प्रशासन कार्यालय कोल्टी ले भने स्थापना भएकै दिनदेखि नागरिकता र राष्ट्रिय परिचयपत्र सेवा सुरु गरिसकेको छ, जसले स्थानीयको समय र खर्च बचाएको छ। तर मालपोत र नापी सेवा सुरु नहुँदा स्थानीय अझै समस्यामा परिरहेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...