पश्चिमी प्रणालीको प्रभाव : देशका विभिन्न स्थानमा वर्षा हुने

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावले अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

Navadurga sun

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य हिमाली–पहाडी क्षेत्रका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने जनाइएको छ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली कायम रहने मौसमविद्ले बताएका छन्। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली क्षेत्रका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...