बझाङमा पहिरो : ५ जनाको मृत्यु

अत्तरिया, ३ कार्तिक- बझाङमा पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ का धर्मराज रोकायाको घर पहिरोले पुर्दा रोकाया र उनकी श्रीमती जयसरा रोकायाको ज्यान गएको छ। यस्तै खप्तडछान्ना गाउँपालिकाकै वडा नम्बर ५ मा पहिरोले घर पुर्दा बिरु गिरीको ज्यान गएको बझाङका पत्रकार डिबी विष्टले जानकारी दिए। उनकी श्रीमती चन्द्रा गिरी बेपत्ता भएकी छिन्।

यस्तै जिल्लाको थलारा गाँउपालिका वडा नम्बर ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा बेपत्ता भएका २३ जनामध्ये दुई जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुको सनाखत हुन सकेको छैन। अन्य २१ जनाको खोजी भइरहेको छ। सुदूरपश्चिममा बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या २३ पुगेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...