सरकारद्वारा निजामती ट्रेड युनियनका सबै कार्यालय तत्काल बन्द गर्न निर्देशन

काठमाडौँ- सरकारले निजामती क्षेत्रभित्र सञ्चालनमा रहेका ट्रेड युनियनका सबै कार्यालय तत्काल बन्द गर्न निर्देशन दिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार साँझ मन्त्रालय, विभाग, आयोग, सचिवालय तथा विभिन्न सरकारी निकायहरूमा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।

Navadurga sun

मन्त्रालयका अनुसार ट्रेड युनियनसँग सम्बन्धित विभागीय तथा अन्य समितिका कार्यालयहरू बन्द गरी त्यस्ता समितिमा आवद्ध कर्मचारीहरूलाई उनीहरूको दरबन्दीअनुसारको नियमित कार्य जिम्मेवारीमा फर्काउन भनिएको छ।

परिपत्रमा ट्रेड युनियनका गतिविधिका लागि प्रयोग गरिएका कार्यालय भवन, कार्यकक्ष, सवारीसाधन लगायत सरकारी सम्पत्तिहरू सम्बन्धित निकायले फिर्ता लिनुपर्ने उल्लेख गरिएको छ।

सचिवस्तरीय निर्णय (मिति २०८३/०१/२२) अनुसार जारी उक्त निर्देशनमा ट्रेड युनियनका विभिन्न तहका समितिमा आवद्ध कर्मचारीलाई अब आफ्नो नियमित जिम्मेवारीमा खटाउने व्यवस्था मिलाउन आग्रह गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...