सल्याप भत्कीदा आवत-जावत पुर्ण रुपमा बन्द





धनगढी, २ कार्तिक– कर्णाली नदीमा पानीको बाहव बढ्दा जानकी गाँउपालिका वडा न. ९ पुर्वी खैरीफाँटा स्थित रानीजमरा कुलरिया सिँचाई आयोजनाले निर्माण गरेको नहर माथी बनेको चार वटा सल्यापको पुलको पुर्व तिरको सल्याप भत्कीदा आवत-जावत पुर्ण रुपमा बन्द भएको छ।


त्यसैगरी जानकी गाँउपालिका वडा न. ९ स्थित पाताभारमा रानीजमरा कुलरिया सिँचाई आयोजनाले निर्माण गरेको नहरबाट पानी ओभर फ्लो भई नहर नजिकै रहेको अन्दाजी ४०/५० घरधुरीमा पानी पसेको छ।



