बाजुरामा भैँसी चराउन गएका एक जना बालकको ज्यान गयो

बाजुरा- बाजुराको बडीमालिका नगरपालिकामा भैँसी चराउन गएका एक जना बालकको ज्यान गएको छ। बडीमालिका नगरपालिका–६ कोर्धस्थित मुनातोला लेकमा मावली घरको भैँसी चराउन गएका १२ वर्षीय खड्क बडुवालको मृत्यु भएको हो।

प्राप्त जानकारीअनुसार, बडुवालले भैँसीको पुच्छरमा डोरी बाँधेर आफ्नै खुट्टामा बाँधेपछि भैँसी अचानक दौडिँदा उनी लडेर टाउको ढुङ्गामा ठोक्किएको थियो। घटनास्थलमै उनको मृत्यु भएको आफन्त युवराज बडुवालले जानकारी दिएका छन्।

Navadurga sun

मृतकका आमाबुबा रोजगारीका लागि भारतमा रहेका बताइएको छ। यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवं प्रवक्ता नरेशबहादुर शाहीका अनुसार घटनाबारे हालसम्म प्रहरीमा औपचारिक जानकारी भने प्राप्त नभएको जनाइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...