कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ

धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

Dadeldhura hospital

शुक्रबार साँझ इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा ३३० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो।

Navadurga sun
Godawari sandesh

पक्राउ पर्नेमा सोही स्थानका १९ वर्षीय शंकर भट्ट र एक १८ वर्षीय किशोर रहेका छन्। प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Loading...