सुदूरपश्चिमका ७ पहाडी जिल्लामा विद्युत र सञ्चार सेवा अवरुद्ध

धनगढी, २ कार्तिक– सुदूरपश्चिम प्रदेशका ६ पहाडी जिल्लाको विद्युत र टेलिफोन सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ । लगातारको वर्षापछि सोमबार साँझदेखि दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्क विच्छेद भएको प्रहरीले जनाएको छ ।
सञ्चार सम्पर्क विच्छेद हुुँदा पहाडी जिल्लामा बाढी तथा पहिरोका कारण भएको क्षतिको विवरण संकलन गर्न नसकिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दले बताए ।

विद्युत प्राधिकरणका अनुसार वर्षासँगै आएको हावाहुरीले पहाडी जिल्लाका विभिन्न स्थानमा विद्युत पोल तथा ट्रान्सफर्मरमा क्षति पुगेको छ।नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख नामाकर न्यौपानेले पहाडी जिल्लामा विद्युत नभएकै कारण पहाडी जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा पनि पूर्ण रुपमा अवरुद्ध जानकारी दिए । डडेल्धुरामा अप्टिकल फाइबर काटिएकाले पनि थप समस्या भएको बताउँदै न्यौपानेले सेवा सञ्चालनका लागि पहल भइरहेको बताए ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...