अक्षय तृतीया आज: जौको सातु र सर्वत सेवन गर्दै पुण्य कमाउने विश्वास

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया देशभर धार्मिक आस्थाका साथ मनाइँदैछ। उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारका रूपमा जौको सातु र सर्वत पानी सेवन गर्ने परम्परा रहेको छ।

पञ्चाङ्ग निर्णायक समितिका अनुसार यही दिनदेखि त्रेता युगको आरम्भ भएको मानिन्छ। साथै, आठ चिरञ्जीवीमध्ये एक भगवान् परशुरामको जन्म भएकाले यस दिनलाई परशुराम जयन्तीका रूपमा पनि मनाइन्छ।

Navadurga sun

धार्मिक विश्वासअनुसार यही तिथिमा भगवान् शिव र पार्वतीको विवाह सम्पन्न भएको थियो। त्यसैले यस दिन स्नान, दान तथा अन्य शुभ कार्यको विशेष महत्व रहने गर्दछ।

ज्योतिषशास्त्रअनुसार अक्षय तृतीयाका दिन सूर्य र चन्द्रमा आफ्ना उच्च राशिमा रहने भएकाले पञ्चाङ्ग नहेरी पनि शुभकार्य गर्न सकिने मान्यता छ। विवाह, गृहप्रवेश, सुन तथा सवारी साधन खरिद, नयाँ व्यवसाय सुरुजस्ता कार्यका लागि यो दिन अत्यन्त शुभ मानिन्छ।

अक्षय तृतीयामा गरिएको दान–धर्मबाट कहिल्यै नाश नहुने पुण्य प्राप्त हुने विश्वास रहँदै आएको छ। साथै, वैशाख महिना भगवान् विष्णुको महिना मानिने भएकाले यस अवधिमा विष्णु भक्ति विशेष फलदायी हुने जनविश्वास छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...