बालेन नेतृत्वको सरकारसँग सम्बन्ध विस्तार गर्न अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपाल आउँदै

काठमाडौं- अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर आगामी साता काठमाडौं आउने भएका छन् ।

भारतीय मूलका कपुर बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित आगामी सोमबार काठमाडौं आउन लागेको बताइएको छ ।काठमाडौं बसाइको क्रममा कपुरले उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीहरुलाई पनि भेट्ने तयारी छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एशियाली सुरक्षाका विज्ञ कपुरलाई दक्षिण एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए । त्यसअघि डोनाल्ड लुले दक्षिण एशिया मामिला हेर्दथे ।

वाशिङ्टन डीसीस्थित नेपाली दूतावासका एक कूटनीतिज्ञ र परराष्ट्र मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै द काठमाडौं पोष्टले लेखेअनुसार कपुरको काठमाडौं भ्रमण तीन दिनको हुनेछ । समाचारमा लेखिएअनुसार कपुर वाशिङ्टनबाट टर्किस एयरलाइन्समार्फत काठमाडौं आउने र बुधबार सोही विमानमार्फत फर्किने छन् ।

यद्यपि यो भ्रमणको औपचारिक घोषणा भएको छैन । परराष्ट्र मन्त्रालयले पनि यसबारे यो समाचार तयार पार्दासम्म औपचारिक जानकारी दिएको छैन ।

यदि उनी समाचारमा भनिएजस्तै सोमबार काठमाडौं आए भने बालेन नेतृत्वको सरकार बनेपछि काठमाडौं आउने सबैभन्दा वरिष्ठ विदेशी कूटनीतिज्ञ हुनेछन् ।

Loading...