व्यक्तिगत घटना दर्ता सप्ताह देशभर सुरु

काठमाडौं- देशभरका ७५३ वटै स्थानीय तहमा आजदेखि “व्यक्तिगत घटना दर्ता सप्ताह” सुरु गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग को आग्रहमा सञ्चालन गरिएको यो अभियानको उद्देश्य नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्नु हो ।

विभागका अनुसार जन्म, मृत्यु, विवाह, बसाइँसराइ लगायतका व्यक्तिगत घटनाहरूको समयमै दर्ता गर्नु नागरिकको कानुनी पहिचान स्थापित गर्न आवश्यक हुन्छ। साथै, यस्ता दर्ताले राज्यबाट प्रवाह हुने विभिन्न सेवा–सुविधा प्राप्त गर्न र प्रभावकारी नीति निर्माणमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

Navadurga sun

सप्ताहव्यापी कार्यक्रममा विद्यालय, स्थानीय संघ–संस्था तथा विभिन्न सरोकारवाला निकायको सहभागितामा सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया तथा प्रचार–प्रसारका गतिविधि सञ्चालन गरिने जनाइएको छ।

यसअघि नै विभागले सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै विविध कार्यक्रमसहित सप्ताह मनाउन निर्देशन दिएको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...