धनगढी- कैलालीको लम्कीचुहा नगरपालिका अन्तर्गत गप्का क्षेत्रमा सवारी दुर्घटना भएको छ। मंगलबार पश्चिमबाट आइरहेको हाइस र पूर्वबाट आइरहेको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।



प्रहरीका अनुसार सु प प्र ०१ १३ प ५१३९ नम्बरको मोटरसाइकल र सु प प्र ०१ ००१ ज १४२१ नम्बरको हाइस दुर्घटनामा परेका हुन । मृतको पहिचान हुन बाँकी रहेको छ । बाईकमा पूर्णरुपमा क्षति भएको छ भने हाइसको पनि अगाडि भागमा क्षति भएको छ ।


हाइसमा सवार यात्रुहरूको अवस्था भने सामान्य रहेको र उनीहरू सुरक्षित रहेको जनाइएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।





