कैलालीमा दोस्रो आर्थिक गणनाअघि गणक सुपरिवेक्षक तालिम

धनगढी- राष्ट्रिय स्तरमा आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको दोस्रो आर्थिक गणनाको तयारी अन्तर्गत कैलालीमा गणक तथा सुपरिवेक्षक लक्षित तालिम सुरु भएको छ।

जिल्ला आर्थिक गणना कार्यालय कैलालीद्वारा आयोजित तालिममा १०६ जना गणक र १४ जना सुपरिवेक्षक गरी कुल १२० जनाको सहभागिता रहेको जिल्ला आर्थिक गणना अधिकारी गोविन्द प्रसाद न्यौपानेले जानकारी दिएका छन्। वैशाख २ गतेदेखि असार ७ गतेसम्म जिल्लाभर आर्थिक तथ्याङ्क सङ्कलन गरिनेछ।

Navadurga sun

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष नृप सुनारले तथ्यमा आधारित तथ्याङ्कले विकास योजनालाई प्रभावकारी बनाउने भएकाले निष्पक्ष रूपमा विवरण सङ्कलन गर्न आग्रह गरे।

सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले सही र पर्याप्त जानकारीले मात्र जिल्लाको वास्तविक अवस्था उजागर हुने बताए।

कार्यक्रममा कैलाली उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष केशव राज जोशी, कैलाली बहुमुखी क्याम्पस प्रमुख डा. लोक बहादुर बिष्ट, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख नरेन्द्र चन्दलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम संयोजक तथा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख हिरालाल रेग्मीले तथ्याङ्क सङ्कलनमा गोपनीयता, विश्वसनीयता र निरन्तरतामा विशेष ध्यान दिन निर्देशन दिए।

आयोजकका अनुसार यस तालिमले गणक र सुपरिवेक्षकलाई अझ दक्ष बनाउँदै आर्थिक गणनालाई प्रभावकारी बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...