शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक गेटामा सुरु 

अत्तरिया- नेपालकै पहिलो शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सिनेट बैठक बुधबार गेटास्थित विश्वविद्यालयमै बसिरहेको छ। यसअघि तीन वटा सिनेट बैठक काठमाडौंमा सम्पन्न भएका थिए। यस पटक भने पहिलोपटक विश्वविद्यालय परिसरमै बैठक आयोजना गरिएको हो।

विश्वविद्यालयले चैत २५ गतेका लागि चौथो सिनेट बैठक आव्हान गरेको थियो । सहकुलपतिद्वय स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता र शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उपस्थिति भने निश्चित रहेको विश्वविद्यालय स्रोतले जनाएको छ।

Navadurga sun

उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीले एमबीबीएससहितका चिकित्सा शिक्षा कार्यक्रम यही शैक्षिक सत्रदेखि सञ्चालन गर्ने तयारी तीव्र पारेका छन्। उनले हालै प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरूलाई भेटेर विश्वविद्यालयको अवस्थाबारे जानकारी गराइसकेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...