घोडाघोडीमा निःशुल्क शववाहन सेवा सञ्चालन

कैलाली- कैलालीको घोडाघोडी नगरपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ । सवारीसाधनको अभावका कारण मृतकको शव आर्यघाटसम्म पुर्याउन परिवारले भोग्नुपरेको कठिनाइलाई मध्यनजर गर्दै सेवा सुरु गरिएको नगरप्रमुख खडकबहादुर रावतले बताए ।

Dadeldhura hospital

उनले भने “दुःखको बेला नागरिकले आर्थिक, सामाजिक तथा व्यवस्थापकीय समस्या झेल्न नपरोस् भन्ने मानवीय सोचका साथ सेवा सञ्चालनमा ल्याइएको हो । यसले महँगो भाडा तिर्न बाध्य हुने अवस्थालाई पनि अन्त्य गर्ने विश्वास छ ।”

godawari10 Mahila hinsa
Navadurga sun

नगरपालिकाले ठेक्का प्रक्रियामार्फत करिब २८ लाख ८९ हजारको लागतमा आधुनिक सुविधा सम्पन्न शववाहन खरिद गरेको नगरप्रमुख रावतले जानकारी दिए ।

Loading...