प्रथम प्रदेशव्यापी विद्यालय स्तरीय फुटबल लिग हुने

धनगढी, २९ असाेज– कैलालीको बर्दगोरिया गाउँपालिकामा आगामी मंसिर १७ गतेदेखि पुस १० गतेसम्म प्रथम प्रदेशव्यापी विद्यालय स्तरीय फुटबल लिग हुने भएको छ ।

Dadeldhura hospital

‘पारस्परिक सद्भाव शैक्षिक विकास, लैङ्गिक समानता एवम् स्वास्थ्यका लागी खेल’ भन्ने मूल नाराका साथ हुन लागेको लिगमा छात्रतर्फ ३२ र छात्रातर्फ ३२ गरी कुल ६४ टिम सहभागी हुने फुटबल लिगका संयोजक प्रमोद मल्लले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

नव बालबाटिका विद्या मन्दिरले आयोजना गरेको बाल बाटिका फुटबल लिग २०७८ मा कक्षा १० सम्म अध्ययनरत छात्र/छात्रा बिद्यार्थीहरुको सहभागिता हुने लिगका संयोजक मल्लले बताए । विद्यालय स्तरबाटै देशका लागि सबल, सक्षम, सृजनशील र अनुशासित उत्कृष्ट फुटबल खेलाडीहरू उत्पादन गर्नको लागि फुटबल लिग आयोजना गरिएको फुटबल लिगका संयोजक एवं नव बाल बाटिका विद्यालयका संस्थापक प्रिन्सिपल मल्लले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने छात्र र छात्रा दुवै टिमले १ लाख १ हजार रुपैयाँ नगद पुरस्कार र द्वितीय हुने टिमले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिने भएको छ ।

Loading...