चाँडपर्वले एकताको सुत्रमा बाँध्न सहयोग पुग्ने गरी मनाउन आग्रह : मुख्यमन्त्री भट्ट

धनगढी, २८ असाेज- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दशैं तिहार जस्ता चाँडपर्वले एकताको सुत्रमा बाँध्न सहयोग पुग्ने गरी मनाउन आग्रह गरेका छन् । बडा दशैं २०७८ को अवसरमा शुभकामना सन्देश दिंदै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् ।

स्वदेश तथा विदेशमा रहनु भएका प्रदेशबासीलाई सुख शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै भट्टले शुभकामना सन्देशमा भनेका छन्, बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसंस्कृतिक विविधताले भरिपुर्ण सुदूरपश्चिम प्रदेशबासीलाई दशैं तिहार जस्ता चाँड पर्वले एकता र बन्धुत्वको सुत्र बाँध्न सहयोग गरोस् भनेका छन् ।

Navadurga sun

ADD Khali jpg
ADD Khali jpg
Loading...