दशैमा पनि सेवा दिँदै एनआइसी एशिया बैंक अत्तरियाले




अत्तरिया, २६ असाेज- नेपालीहरुको महान चार्ड वडादशैमा पनि बैकहरुले बैंकिङ सेवा दिने भएका छन् । बैंकहरुले निश्चित शाखाहरूवाट निश्चित समयअबधि तोकेर बैंकिङ सेवा दिने भएका हुन् ।



यता सुदूरपश्चिम प्रदेशमा पनि एनआइसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले दशैमा पनि सेवा दिने भएका हुन् । एनआइसी एशिया बैंक बिहान ११ देखि दिउँसो २ बजेसम्म सेवा दिने छ भने राष्ट्रिय वाणिज्य बैंकले बिहान १० बजेदेखि १ बजेसम्म सेवा दिने जनाएको छ ।


अत्तरियामा रहेको एनआइसी एशिया बैंकले पनि बैंकिङ सेवा दिने भएको छ । शाखा प्रमुख उमेश केसीका अनुसार सेवाग्राहीको मागलाई मध्यनगर गर्दै अत्तरिया शाखाले दशैमा पनि सेवा दिने भएको हो । जसअन्तरगत महाअष्टमी र एकादशीका दिन सेवा दिने भएको हो । बैंक बिहान ११ देखि दिउँसो २ बजेसम्म खुल्ला रहने शाखा प्रमुख केसीले बताए ।



