सुप समावेशी आधारभुत विद्यालयले शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

प्रकाश बहादुर बाेहरा

अत्तरिया, २५ असोज- कैलालीको स्थायी राजधानी गोदावरी नगरपालिका वडा नं.२ अत्तरियामा रहेको सुदूरपश्चिम समावेशी आधारभुत विद्यालयले विजया दशमी, दिपावली एवं छठ पर्वको शुभ अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

शुभकामना कार्यक्रमका बिच “समावेशी गुणस्तरीय शिक्षा, हाम्रो प्रतिवद्धता” भन्ने मुल नाराका साथ सोमबार हेल्पिङ हेण्ड्स फाउन्डेशन अफ नेपाल कैलालीको समन्वयमा सुदूरपश्चिम समावेशी आधारभुत विद्यालयको आयोजना उक्त शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो।

उक्त शुभकामना आदान प्रदान कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर साउँदको सभापत्विमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका माननिय मन्त्री दीर्घ बहादुर सोडारी रहनु भएको थियो ।

Dadeldhura hospital

सुदूरपश्चिम समावेशी आधारभूत विद्यालय एउटा नमुना विद्यालय भएको बताउँदै यस विद्यालयले फरक क्षमता भएका विद्यार्थी भाई बहिनीहरुको क्षमता वृद्धि गर्ने देखि आफ्नो भाग्य र भविश्य निर्धारण गर्न विद्यालयले ठूलो योगदान दिइ रहेको मन्त्री सोडारीले बताए ।

मन्त्री सोडारीले भने फरक क्षमता भएकाहरुको क्षमतालाई अवसरमा रुपान्तर गर्नु हामी सबैको मुल दायित्व हो, राज्यको दायित्व हो, राज्यको कर्तव्य नगरिरहेको बेलामा सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयले आफ्नो योगदान दिइरहेको समेत बताए । त्यस्तै मन्त्री सोडारीले दशै, तिहार र छठ पर्वको अवसरमा सम्पूणर्मा शुभकामना व्यक्त गर्दै सुप समावेशी आधारभूत विद्यालयलाई मन्त्रालयको तर्पmबाट, सरकारका तर्फबाट, व्यक्तीगत तर्पmबाट, पार्टीको तर्पmबाट के कति सहयोग गर्न सकिन्छ त्यो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी विशिष्ठ अतिथीमा सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका माननिय राज्यमन्त्री चुन कुमारी चौधरी रहनु भएको थियो ।

त्यसैगरी यस कार्यक्रमको आतिथ्यका ग्रणह गर्नुहुनेमा गोदावरी नगरपालिका नगर उप-प्रमुख रत्ना कडायत, समाजसेवी व्यतित्व गोदावरी नगरपालिकाका वडा नं.२ का वडा अध्यक्ष कृष्णराज जोशी रहेका थिए ।

त्यस्तै दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डम्मर पाल, ईलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरिक्षक दान बहादुर रोकाया, नेपाल बाल संगठनका सचिव नरेन्द्र राज शर्मा, पदमा अस्पतालका प्रशासकिय अधिकृत समाजसेवी मञ्जु साउँद, राष्ट्रिय लोक सांस्कृति प्रतिष्ठानका अध्यक्ष लिलाधर बास्कोटा, रिलाइवेल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड अत्तरियाका प्रमुख धर्म कुँवर लगायतको सहभागिता रहेको थियो ।

उक्त शुभकामना आदान प्रदान कार्यक्रमको स्वागत मन्तव्य सुदूरपश्चिम समावेशी आधारभुत विद्यालयकी प्रधानाध्यापक देवी साउँदले व्यक्त गरेकी थिइन भने कार्यक्रमको सञ्चालन विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले गरेका थिए।

Loading...