दशै तिहार मनाउनका पहाड जाने यात्रुहरुको अत्तरिया बसपार्कमा भिड




अत्तरिया, २५ असाेज– कैलालीको अत्तरिया बस पार्कमा पहाड जाने यात्रुहरुको भिड बढेको छ । बिषेश गरि काम तथा पढाईको शिलशिलामा प्रदेशको राजधानी धनगढी तथा संघिय राजधानी काठमाण्डौमा रहेकाहरु अहिले गाउँ फर्किन थालेपछि अत्तरिया बस पार्कमा भिड बढेको हो ।



अहिले बिभिन्न ठाउँवाट आएकाहरु पहाड जानका लागि टिकट काट्न काउन्टर जादाँ भिडलाई थेगि नसक्ने अवस्थामा रहेकाे छ । नेपालीहरुको महान चार्ड बिजया दशमी तथा दिपवाली मनाउनका लागि भारतमा रहेकाहरु अहिले गाउँ घरमा फर्किन थालेपछि केही दिन यता भिड बढेको अत्तरिया बसपार्कमा रहेका यात्रु सहायता कक्षामा खटिएका प्रहरीहरु बताउँदछन् ।


अत्तरियावाट पहाडी ७ जिल्लामा जाने बस, जिप, हाईस लगायत अहिले सवारी साधनहरु भरिभराउ हुने गरेका छन् । दशै मनाउनका लागि काठमाण्डौवाट आएर डोटी जान लागेको अत्तरिया बस पार्कमा भेटिएका लक्ष्मण सिंहले बताए । दशै आउन अब धेरै दिन बाकिँ नरहेकाेले केही दिनको छुट्टीमा घर फर्किएको बताए ।
चार्डपर्वको समयमा यात्रुहरुको सुरक्षित यात्रुका लागि ईलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरेको छ । बसपार्क क्षेत्रमा तालिम प्राप्त कुकुर खटाइएको छ । चार्ड पर्वका बेला सीमा नाकाबाट हातहतियार र लागुऔषध जस्ता वस्तुको ओसारपसार हुन सक्ने कुरालाई मध्यनजर गर्दै अत्तरिया बसपार्क सहित , गौरीफन्टा नाका र धनगढी बसपार्कमा चेकजाँचमा तालिम प्राप्त कुकुरको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।



