एमालेको दशै तिहारको शुभकामना आदान प्रदान तथा चियापना कार्यक्रम सम्पन्न

अत्तरिया, २५ असाेज– कैलालीको अत्तरियामा नेकपा एमालेको दशै तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा चियापना कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले गोदावरी नगरकमिटिको आयोजनामा कार्यक्रममा सम्पन्न भएको हो ।

नेकपा एमाले गोदावरी नगरकमिटिका अध्यक्ष गोकर्ण भट्टको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट प्रमुख अतिथी रहेका थिए भने एमालेका केन्द्रिय सदस्य नारदमुनि राना बिशिष्ट आतिथी रहेका थिए ।

Navadurga sun

कार्यक्रममा प्रमुख अतिथी प्रदेश इन्चार्ज लेखराज भट्टले उपस्थित सबैलाई दशै तिहारको शुभकामना दिदै असत्य र अन्यायको लडाईमा न्यायको जित भएको दिनलाई दशमीका रुपमा मनाउने हुदाँ यस पर्वले महिलाको शक्तिलाई देखाएको बताए । उनले जिवन, घरपरिवार र समाजलाई जोड्ने आफ्नो कला, सस्कृति, भेषभूषालाई कहिले भुल्न नहुने बताए । उनले आफ्नो ईतिहासलाई भूलेमा सबै कुरा नष्ट हुने भएकाले ईतिहास जोगाइराख्न सबैले लाग्नुपर्ने बताए । पछिल्लो समय दशै तिहार जस्ता महान चार्डलाई हेर्ने दृष्टिकोण पनि फरक हुदै यसलाई नकारात्मक र सकारात्मक रुपमा हेर्न थालिएको बताए ।

पूर्व उधोगमन्त्री समेत रहेको नेता भट्टले आफुहरु अहिले पनि समृद्ध नेपाल सुखी नेपालीको नारालाई आत्मसात गर्दै अगाडी बढिरहेको बताए। उनले जब सम्म सम्पूर्ण नेपालीहरुको पहुँच शिक्षा,स्वास्थ्य, खानेपानी, रोजगार जस्ता कुराहरु जोडिदैनन तब सम्म देश समृद्ध नहुने र नेपालीहरु खुसी नहुने भएकाले अहिले सत्ता बाहिर रहेर पनि आफुहरु भने यसै कुरालाई जोड दिएर अगाडी बढिरहेको बताएका छन् । उनले ब्यक्तिगत स्वार्थ र ५ बर्ष धैर्य गर्न नसक्दा पार्टी बिभाजन हुन पुगेको बताए ।

उनले देशको पहिलो पार्टी बनेको एमाले आफ्नै पार्टीका नेताहरु पार्टीका बिरुद्ध लाग्दा देश र पार्टीले यस्तो परिणाम भोग्नुपरेको बताए । पार्टी अध्यक्षले धेरै अथक प्रयास गर्दा पनि सफल नभएपछि अन्तिममा आएर जनादेशमा जानुपर्छ भन्दै संसद बिघटन गरिएको उनले बताए । संसद बिघटन ठिक रहेकाले आफुले सत्यलाई नै साथ र समर्थन गरेको उनको भनाई थियो । उनले राज्य संचालन अदालतवाटै हुने भए संसद किन चाहियो , निर्वाचन प्रणाली किन चाहियो भन्दै प्रश्न गरे ।

कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउँद लगाएत नगर देखी केन्द्र सम्मका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए । एमालेका जिल्ला कमिटि सदस्य लहानु चौधरीले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन नगर सचिब आनन्द भट्टले गरेका थिए । कार्यक्रममा बिबिध सास्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...