सुदूरपश्चिमका १६ क्षेत्रमा चुनावी सरगर्मी, मुख्य दलहरूबीच कडा प्रतिस्पर्धा

धनगढी- २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा चुनावी माहौल निकै तातेको छ । दलहरू अन्तिम चुनावी अभियानमा व्यस्त छन् भने मतदातामा पनि कसको जित हुने भन्ने चासो बढेको छ ।

अघिल्लो २०७९ सालको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस यसपटक सबै क्षेत्रमा उम्मेदवार उठाएर सिट संख्या बढाउने लक्ष्यमा छ । कांग्रेसले प्रदेशका धेरै क्षेत्रमा आफू बलियो रहेको दाबी गर्दै कम्तीमा १० सिट जित्ने आन्तरिक विश्लेषण गरेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

त्यसैगरी नेकपा एमाले ले पनि अघिल्लो कमजोर प्रदर्शन सुधार गर्दै सात सिट सुरक्षित रहेको दाबी गरेको छ । कैलाली, कञ्चनपुर, अछाम, बैतडी, दार्चुला र बझाङलाई एमालेले प्रमुख प्रतिस्पर्धी क्षेत्र मानेको छ ।

कम्युनिस्ट धारका अन्य दल तथा नागरिक उन्मुक्ति पार्टीले पनि केही क्षेत्रमा प्रभाव जमाउने प्रयास गरेका छन् । उनीहरूले कैलाली, कञ्चनपुर र अछामका केही क्षेत्रलाई सम्भावित जितको सूचीमा राखेका छन् ।

नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि चार सिट जित्ने लक्ष्यसहित चुनावी मैदानमा सक्रियता बढाएको छ । विशेषगरी कैलाली–२ र कञ्चनपुर–२ मा मुख्य प्रतिस्पर्धा हुने उसको आकलन छ ।

समग्रमा सुदूरपश्चिमका १६ क्षेत्रमा यसपटक कांग्रेस, एमाले र अन्य दलबीच त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ । स्थानीय मुद्दा, उम्मेदवारको प्रभाव र मतदाताको अन्तिम निर्णयले नै निर्वाचनको परिणाम तय गर्ने अपेक्षा गरिएको छ ।

Loading...