अछाममा जीप दुर्घटना हुँदा ४ जनाको मुत्यु, दर्जन बढी घाईते

कैलाली, २५ असाेज- अछाममा जन्ती गएर फर्किएको बोलेरो जीप दुर्घटना हँुदा ४ जनाको मृत्यु भएको छ । जिल्लाको पन्चदेवल बिनायक नगरपालिका १ कुईकामा आईतबार राति भएको जीप दुर्घटनामा गाडी चालक सहित दर्जन बढी घाईते भएका छन । से १ च १७६३ नम्बरको बोलेरो जिप सडकबाट करिब ३ सय मिटर तल खसेको हो।

प्रहरीका अनुसार मृत्यु हुनेमा पन्चदेवल बिनायक नगरपालिका २ का १४ बर्षीय जीवन न्यौपाने, सोही वडाका १८ बर्षीय सर्प बोहरा र वडा नम्बर ३ का १७ बर्षीय जीवन जैसी र सोही वडाका १७ बर्षीया हिमाल नेपाली छन् ।

Navadurga sun

घाईते मध्ये १३ जनाको जिल्ला अस्पताल अछाममा उपचार भैरहेको छ भने २ जनालाई नेपालगन्ज लगिएको छ । घाईते मध्य वडा नम्बर २ का मदन धामी र उपेन्द्र शाहिलाई नेपालगन्ज लगिएको हो ।

जीप दुर्घटनामा घाईते हुनेमा जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. २ का ६५ बर्षीया कृष्ण देवकोटा, १५ बर्षीया भरत ढकाल, भवानी ढकाल, १४ बर्षीया जीवन धामी, १६ बर्षीया जगत बिक, १६ बर्षीया हिक्मत आउजी, १७ बर्षीया प्रेम नेपाली, १८ बर्षीया सन्तोष ढकाल, १९ बर्षीया दिपेन्द्र धामी रहेका छन् ।

यस्तै घाइते हुनेहरुमा वडा नं. ८ का २२ खम्म खनाल, वडा नं. ५ का १९ बर्षीया तपेन्द्र भण्डारी, १८ बर्षीया दिक्षित भण्डारी र मंगलसेन नगरपालिका वडा नं. ५ का मेघराज भाट रहेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...