मोहन्याल गाउँपालिकामा अख्तियारको छापा

अत्तरिया, २४ असाेज– कैलालीको मोहन्याल गाउँपालिका कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले छापा मारेको छ । गाउँपालिकाबाट आर्थिक अनियमितता भए, गरेको उजुरी परेपछि शुक्रबार टोली नै पठाएर अनुसन्धान सुरु गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरस्थित कार्यालयले जनाएको छ ।

Dadeldhura hospital

गाउँपालिकाले सञ्चालन गरेको विभिन्न विकास निर्माण आयोजनामा आर्थिक अनियमितता भएको भन्ने प्राप्त सूचना तथा उजुरीका आधारमा अनुसन्धान टोली पठाइएको अख्तियार कार्यालय कञ्चनपुरका सूचना अधिकारी शाखा अधिकृत हरिशचन्द्र जोशीले जानकारी दिए । ‘निर्माण, ठेक्काट्टासंग सम्बन्धित उजुरी परेको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

आवश्यक सोधपुछ र कागजात माग गरेका थियौं, उनले भने, ‘टोलि दुई दिनपछि फर्किएको छ । एकदिन त्यही बसेर सोधपुछ, कागजात हेर्ने र बुझ्ने काम गरेका थियौं । अलिकति विस्तृत किसिमको उजुरी भएकाले कार्यालयका कागजात लिएर टोली फर्किएको छ । थप अनुसन्धान प्रक्रियालाई अघि बढाउछौँ ।’

यसअघि प्रारम्भिक रूपमा लिखित स्पष्टीकरणसहित जवाफ माग गरिएको र छानबिन प्रभावकारी बनाउन अख्तियारले टोली पठाएर कागजपत्र झिकाएको उनको भनाइ छ । गाउँपालिकामा विभिन्न शीर्षकमा आर्थिक अनियमितता, मिलेमतो, ठेक्कापट्टा लगायत निर्माणमा गुणस्तरीयता नभएको र अन्य यस्तै आयोजनाका विषय उजुरी परेकाले अनुसन्धान गरिएको सूचना अधिकारी जोशीले बताउनुभयो । छानबिन गरि अख्तियारले रायसहितको प्रतिवेदन आयोगको केन्द्रीय कार्यालय पठाउने जनाएको छ ।

Loading...