धनगढीमा रास्वपा सभापति रवि लामिछानेको सम्बोधन: ५ वर्षको स्थायी सरकारको माग

धनगढी- रवि लामिछानेले ५ वर्षको स्थायी सरकारका लागि आफूहरूले जनतासँग ‘करार’ गरेको बताएका छन् । धनगढीमा आयोजित कार्यक्रममा उनले वाचा पूरा नगर्नेले सजाय भोग्नुपर्ने, जनताले होइन, भन्ने धारणा राखे ।

Dadeldhura hospital

उनले भारतमा काम गर्न जाने सुदूरपश्चिम प्रदेशका नागरिकको कठिनाइ स्मरण गर्दै परदेशमा काम गर्नु सजिलो नभएको  बताए । सधैँ नेताले जित्ने र जनताले हार्ने अवस्थाको अन्त्य गर्दै यसपटक जनताले जित्ने दाबी गरे ।

godawari10 Mahila hinsa
Navadurga sun

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले मत नबाँड्न आग्रह गर्दै सानो सुधार होइन, समग्र परिवर्तनका लागि आफूहरू आएको बताए । उनले सिंहदरबार बनाउनेभन्दा प्रणाली नै बदल्न आवश्यक रहेको उल्लेख गरे । विगत ३५ वर्षसम्म जनताको सपनामा “डोजर” कसले चलायो? भन्ने प्रश्न उठाउँदै आफूहरू बनाउन आएको र बनाउने प्रतिबद्धता व्यक्त गरे ।

Loading...