आजको मौसमः उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण देशका विभिन्न भागको मौसममा फेरबदल देखिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मुलुकका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ।

Navadurga sun

आज दिउँसो तराई क्षेत्रका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च भू-भागमा सामान्य बदली रहनेछ।

लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने देखिएको छ। अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगका केही स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना छ। पहाडी भेगका थोरै स्थानमा छिटपुट वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...