तेक्वान्दो बेस्ट खेलाडी अवार्ड सहित २ जना सम्मानित

Dadeldhura hospital

धनगढी, २४ असाेज– धनगढी नेपाल आईटीएफ तेक्वान्दो महासंघ अन्तरगत को स्टार तेक्वान्दो एकेडेमीमा टीकापुर नगरपालिका १ मा दुईजना बेस्ट खेलाडी अवार्ड सहित सम्मानित भएका छन्।

सुदुरपश्चिमकै नमूना एकेडेमी आईटीएफको अन्तरास्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकबाट प्रशिक्षण गराउदै आइरहेको उक्त एकेडेमीबाट छात्रतर्फ मिलन विक र छात्रातर्फ मनिषा साउँद बेस्ट अवार्डसहित सम्मानित भएका हुन।

तेक्वान्दोको अल ईन्डिया हेड कोचको काम गरिसकेका प्रकाश जैगडिले प्रशिक्षण गराउँदै आएको उक्त एकेडेमीमा अहिले थुप्रैले प्रशिक्षण लिइरहेका छन्। करिब २ दर्जन देशबाट मेडल प्राप्त जैगडीले करिब १ वर्ष भन्दा अगाडिदेखि नेपालमा पनि आफ्नो शाखालाई बिस्तार गरि प्रशिक्षण गराउदै आइरहेको उनले बताएका छन्।

Loading...