कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी- कैलालीको लम्कीचुहा नगरपालिका–५ तिकलपुरस्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

Dadeldhura hospital

रा ६ प ३१५७ नम्बरको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालक सोही ठाउँका ३२ वर्षीय दिपेन्द्र रावल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि लालरत्न अस्पताल लम्की लगिएको र थप उपचारका लागि टिकापुर अस्पताल रेफर गरिएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

टिकापुर अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...