पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो देखिएको छ।

महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

आज दिउँसो तराई भूभागका धेरै स्थानमा हुस्सु तथा कुहिरो रहने पूर्वानुमान गरिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

त्यस्तै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति तराई भूभागका थोरै स्थानमा हुस्सु रहनेछ भने कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ।

Loading...