आजदेखी गोदावरी नगरपालीकामा कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइदै

अत्तरिया, २२ असाेज– कैलालीको गोदावरी नगरपालीकामा आजदेखी कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ । नगरपालिकाले १८ वर्ष उमेर पुगेका सबै नागरीकहरुलाइ कोरोना खोप लगाउने सुचना मार्फत जनाएको हाे ।

खोप अभियान असोज २२ गतेदेखी २५ गते सम्म सञ्चालन हुने नगरपालीकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जानकारी दिए । भोली शनीबार पनी खोप अभियान जारी नै रहने स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

खोप नगरका १३ ओटा खोपकेन्द्र मार्फत लगाइने सुचनामा जनाइएको छ । ६ हजारको हाराहारीमा खोप आइपुगेको नगारपालीकाका स्वास्थ्य शाखा प्रमुख अवस्थीले जानकारी दिएका छन् । कोरोना खोप लगाउन आउँदा नेपाल सरकारद्धारा जारी गरेका उमेर खुल्ने प्रमाण पत्र आवश्यक पर्ने जारी सुचनामा बताइएको छ ।

जारी सुचनामा हेर्नुहाेस् :

Loading...