बालेन्द्र शाह भोलि सुदूरपश्चिम आउँदै, चुनावी प्रचारमा सहभागी हुने

अत्तरिया- रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह भोलि सुदूरपश्चिम आउने भएका छन्। सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजना हुने चुनावी प्रचार कार्यक्रममा उनी सहभागी हुने कार्यक्रम रहेको छ।

चुनावको मनोनयनका लागि झापा पुगेका साह केही दिन त्यहाँ बसेर हिजो काठमाडौँ फर्किएका थिए। झापाको बसाइबाट उनी उत्साहित बनेको बताइन्छ। यद्यपि, झापामा रहँदा उनले प्रयोग गरेको महंगो गाडीलाई लिएर विवाद उत्पन्न भएको थियो। एक व्यवसायीले दिएको उक्त गाडी शाहले झापामै छोडेर आएको बताइएको छ।

Navadurga sun

सुदूरपश्चिमबाट बालेन निकट दुई व्यक्तिले उम्मेदवारी दिएका छन्। उनका प्रमुख स्वकीय सचिव भूपदेव शाह अछाम–२ बाट र कोर टिमका सदस्य केपी खनाल कैलाली–२ बाट उम्मेदवार बनेका छन्। यी दुई निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राख्दै साह सुदूरपश्चिम आउन लागेको बुझिएको छ।

सुदूरपश्चिममा केही दिन बिताएपछि शाह पुनः काठमाडौँ फर्किने कार्यक्रम छ । काठमाडौँ र ललितपुरका केही निर्वाचन क्षेत्रमा समेत उनी चुनावी अभियानमा सहभागी हुने बताइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...