धनगढीबाट ब्राउन सुगर सहित एक महिला पक्राउ

Dadeldhura hospital

धनगढी, २१ असोज– जिल्ला प्रहरी कार्यालय कैलालीले ब्राउन सुगरसहित एक महिलालाई पक्राउ गरेको छ । बुधवार साँझ साढे ४ बजेको  समयमा विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले डडेल्धुराको अजयमेरु गाउँपालिका –४ घर भई हाल धनगढी उप–महानगरपालिका – १३ राजपुर कोठा गरी बस्ने वर्ष ३४ कि आशा बिष्टलाई पक्राउ गरेको हो ।

कोठाबाट लुकाई छिपाई राखेको अवस्थामा ९ ग्राम २७० मिलिग्राम ब्राउन सुगर र ४४ ग्राम ७७० मिलिग्राम चरेस र नेपाली रुपैयाँ १२ हजार दुई सय रुपैयाँ र चेक समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ । उनलाई लागु औषध मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

Loading...