एक करोडको लगानीमा सुबिधा सम्पन्न शुभकामना होटल खुल्यो अत्तरियामा

अत्तरिया, २१ असाेज- सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको अत्तरिया होटलहरु खुल्ने क्रम बढ्दै जाने क्रममा थप अर्काे हाेटल खुलेकाे छ । प्रदेश सरकारले गोदावरी नगरपालिका प्रदेशको स्थायी राजधानी तोकेपछि यहाँ उधोग, कलकारखाना, होलट तथा अन्य ब्यापारिक गतिबिधि बढ्दै गएको हो ।
यसै क्रममा अत्तरियाको बस पार्क अगाडी १ करोडको लागानीमा सुबिधा सम्पन्न होटल शुभकामना रेष्टुरेण्ट बार एण्ड लज संचालनमा आएको छ । नेपालीहरुको महान चार्ड बडा दशैको पहिलो दिनको अवसर पारी आज होटलको भब्य रुपमा उद्धघाटन गरिएको छ ।

होटल संचालक मिनराज जोशीका बुवा लालमणि जोशी र कैलाली उधोग वाणिज्य संघका बरिष्ठ सदस्य तिलक बहादुर बोहराले रिबन काटेर उद्धघाटन गरेका हुन् । होटलसंगै तल्लो तालामा रहेको जोशीले नै केही महिना अगाडी देखी संचालन गरेको सुदूरपश्चिम डेरी एण्ड बेकरीको पनि आजै उद्धघाटन गरिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

डेरी एण्ड बेकरीको स्वास्थ्य विभागका पूर्व महानिर्देशक डा लक्ष्मीराज पाठकले केक काटेर उद्धघाटन गरेका हुन् । आजवाट संचालनमा आएको होटल शुभकामना रेष्टुरेण्ट बार एण्ड लजमा शुद्ध खाना, नास्ताका साथै बस्नका लागि उचित ब्यबस्थापनका साथ एसी, ननएसी, अटेज र ननअटेज कोठाहरुको ब्यबस्था रहेको संचालक मिनराज जोशीले बताए ।

उनले होटलमा पारिवारिक वाताबरण हुनुका ग्राहकहरुको रोजाइ अनुसारको सेवा सुबिधा दिने बताएका छन् । यस अघि त्रिदिप होटल रहेको उक्त घरमा जोशीले झकिझकाउ बनाउदै नयाँ ब्यबस्थापनका साथ होलट शुभकामना संचालनमा ल्याएका हुन् । आफ्नै गाई तथा भैसी फर्म पनि रहेको उनले बताए । लामो समयदेखी करिब ९० लाखको लगानीमा आफ्नै गाई तथा भैसी पालन ब्यबसाय पनि गर्दै आएका छन् ।

होटलसंगै उद्धघाटन गरिएको डेरी तथा बेकरीमा आफ्नै फर्ममा रहेका गाई भैसीको शुद्ध दुध, दहि, घ्यू का साथै शुद्ध दुधवाट बनेको बिभिन्न किसिमका मिठाइका परिकारहरु र जन्मदिनका लागि केक पाइने जोशीले बताए ।

उद्धघाटनका क्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, अत्तरिया क्षेत्रको होटल तथा अन्य ब्यबसायीहरु लगायतका समाजसेवी, बुद्धिजीवीहरुको उपस्थिती समेत रहेको थियो ।

Loading...