कैलाली–५ मा रास्वपाको उम्मेदवारी होड तीव्र, ७ जनाको दाबी

धनगढी-  आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवारीका लागि दावेदारहरूको संख्या बढ्दै गएको छ। मनोनयन दर्ताको समय नजिकिँदै जाँदा पार्टीभित्र टिकट प्राप्त गर्ने प्रतिस्पर्धा चर्किँदै गएको हो।

रास्वपाका स्रोतका अनुसार कैलाली–५ बाट भिम बहादुर बोहरा, जसुकुमारी भट्ट, हरि रेग्मी, ईश्वरी बिष्ट, पुष्कर अवस्थी, लक्ष्मण थारू र आनन्द बहादुर चन्दले प्रतिनिधिसभा सदस्यका लागि पार्टी नेतृत्वसमक्ष औपचारिक रूपमा दाबी प्रस्तुत गरेका छन्। उनीहरू आ–आफ्नो राजनीतिक अनुभव, संगठन विस्तारमा गरेको योगदान तथा स्थानीय जनसमर्थनलाई आधार बनाएर उम्मेदवारीको दाबी गरिरहेका छन्।

Navadurga sun

जिल्लास्तरबाट उम्मेदवारका नाम सिफारिस भई माथिल्लो समितिमा पुगे पनि अन्तिम उम्मेदवारको टुंगो भने अहिलेसम्म लाग्न सकेको छैन। पार्टीभित्र उम्मेदवार छनोट प्रक्रिया अन्तर्गत स्थानीय संगठनको सिफारिस, उम्मेदवारको सार्वजनिक छवि, विगतको भूमिकाका साथै निर्वाचन जित्ने सम्भावनालाई मुख्य मापदण्ड बनाइने बताइएको छ। तर दावेदारको संख्या बढी भएकाले छनोट प्रक्रिया चुनौतीपूर्ण बन्दै गएको पार्टीका नेताहरूको भनाइ छ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ लाई राजनीतिक रूपमा प्रतिस्पर्धात्मक क्षेत्रका रूपमा लिइँदै आएको छ। यस क्षेत्रबाट बलियो, स्वीकार्य र जित्न सक्ने उम्मेदवार छनोट गर्नुपर्ने दबाब पार्टी नेतृत्वमाथि देखिएको छ। रास्वपा नेतृत्वले मनोनयन दर्ता अगावै अन्तिम निर्णय लिने तयारी गरिरहेको जनाएको छ। अब केही दिनभित्र उम्मेदवारको टुंगो लाग्ने अपेक्षा गरिएको छ भने टिकट कसको हातमा पर्छ भन्ने विषयले स्थानीय राजनीतिक वृत्तमा चासो बढाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...