अपराध अनुसन्धानमा हुने ढिलाइले अपराध झनै बढ्छ : मन्त्री जोशी

धनगढी, २० असोज– सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जघन्य अपराधिक घटनामा न्याय निरुपणमा हुने ढिलाइले समाजमा थप अपराध बढ्ने बताएकी छन् । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त र मृत फेला परेकी डडेल्धुराकी अस्मिता धामी हत्या प्रकरणको अनुसन्धान अझै निष्कर्षमा नपुगेको भन्दै उनले न्याय दिन ढिलाइ गर्न नहुनेमा जोड दिइन् ।

प्रहरी दिवसको अवसरमा बुधबार धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जोशीले अपराध अनुसन्धानमा हुने ढिलाइले आपराधिक मनोवृत्ति भएका मानिसको मनोबल उच्च भएर समाजमा थप आपराधिक घटना बढ्ने भएकाले प्रहरीले यसतर्फ चनाखो हुनुपर्ने बताइकी छिन् । ‘अपराध अनुसन्धानमा हुने ढिलाइले समाजमा थप अपराधका घटना बढ्छन् भने अपराधीको मनोबल पनि वृद्धि हुन्छ,’ उनले भनिन्, ‘त्यसैले प्रहरीले समाजमा शान्ति सुरक्षाको अवस्था खल्बलिन नदिन यो कुरामा गम्भीर बन्दै सतर्क हुन जरुरी छ ।’

Navadurga sun

मन्त्री जोशीले अमर प्रहरी परिवारको जीविकोपार्जन र सशक्तीकरणका लागि प्रदेश सरकार गम्भीर रहेको बताउँदै योजनाबद्ध रुपमा कार्यक्रम सञ्चालन गर्न प्रतिबद्ध रहेको समेत बताइन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...