गेटा आँखा अस्पताल परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धनगढी २० असोज- गेटा आँखा अस्पताल कर्मचारी युनियन र अस्थायी प्रहरी पोष्ट (गेटा आँखा अस्पताल)को संयुक्त आयोजनामा गेटा आँखा अस्पताल परिसरमा बुधबार बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

हिन्दु नेपालीहरुको महान चाड विजयादशमी तथा शुभ दिपावलीको पावन अवसरमा बृहत सरसफाई कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक दशी राम चौधरीले बताए ।

Navadurga sun

कार्यक्रममा गेटा आँखा अस्पताल कर्मचारी युनियनका अध्यक्ष खेम राज उपाध्याय, गेटा आँखा अस्पतालका कर्मचारी प्रतिनिधि पवन शाह, प्रहरी चौकी गेटाका ईन्चार्ज सई बिर बहादुर साउँद, सशस्त्र प्रहरी मुद्दति गुल्मका सई अम्मर राज विष्टले मन्तव्य व्यक्त गरे ।

बृहत सरसफाई कार्यक्रममा गेटा आँखा अस्पतालका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानिय व्यापारीको सहभागिता रहेको गेटा आँखा अस्पताल कर्मचारी युनियनका सदस्य चेत राम चौधरीले जानकारी दिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...