अत्तरियामा बजार अनुगमन, म्याद गुज्रेको सामान नष्ट






अत्तरिया,१९ असोज– चाडपर्व नजिकएपछि गोदावरी नगरपालिकास्थित अत्तरिया बजारका पसलमा मंगलबार अनुमगन गरिएको छ ।जिल्लास्थित संयुक्त बजार अनुगमन समितिले अत्तरिया बजारमा अनुगमन गरेको हो । त्यहाँको १२ पसलमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।


१२ पसलमा अनुगमन गर्दा करिब ७८ हजार रुपैयाँ बराबरको म्याद गुज्रेको र अखाद्य सामग्री फेला परेको जनाइएको छ । म्याद गुज्रेका र अखाद्य ती सामग्री नष्ट गरिएको सूचना अधिकारी जोशीले जानकारी दिए । जिल्लामा चाडपर्वको बेलामात्रै अनुगमन हुने गरेको भनेर आलोचना हुँदै आएको छ । समितिले नियमित अनुगमन नगर्दा म्याद गुज्रेका, अखाद्य, लेवल नभएका सामग्रीहरुको बिक्री वितरणका साथै कालो बजारी समेत हुने गरेको छ ।



